नयाँ वर्षमा खुकुरी रमले अनलाइन कन्सर्ट गर्दै, डिसहोमबाटै पनि हेर्न सकिने

  २०७७ पुष १६ गते १९:०३     विकासन्युज

काठमाडौं । खुकुरी रमले नयाँ वर्ष २०२१ को शुरुवात गर्न २०२१ को पहिलो दिन जनवरी १ तारिखमा वृहत्तर अनलाइन् कन्सर्टको आयोजना गर्दैछ । नेपाली संगीतको प्रवद्र्धन गर्ने र संगीत प्रेमीहरुमाझ लय तथा सूरहरु पेश गर्ने प्रबल उद्देश्यका साथ खुकुरी रमले उक्त कन्सर्टको आयोजना गर्न लागेको हो ।

कार्यक्रम नयाँ वर्ष, नवीन शुरुवात् प्रति समर्पित रहनेछ । कन्सर्टमा चर्चित एवं लोकप्रिय नेपाली कलाकारहरु समृद्धि राई, सबिन राई एण्ड दि फरौ, दि इलिमेन्ट्स, कबवेब, दि एक्स् ब्याण्ड, विपुल क्षेत्री र दि ट्राभलिङ्ग ब्याण्डको प्रस्तुति रहनेछ । नेपाली संगीतका पारखीहरुले यो कन्सर्टलाई खुकुरी युट्युब च्यानल र डिसहोमबाट हेर्न सक्नेछन् । कार्यक्रम साँझ ६ बजेपछि खुकुरी युट्युब च्यानल र डिस होममा शुरु हुनेछ ।

साथै कन्सर्टमा नयाँ नेपाली सांगीतिक स्टारको खोजमा आयोजित खुकुरी म्युजिक नेशन प्रतियोगिताका शीर्ष १६ प्रतियोगीहरुलाई पनि प्रस्तुत गरिनेछ । शीर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राईसहितको निर्णायक मण्डलले गर्नेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो प्रतियोगिताको लागि आधिकारिक वेबसाइट खुकुरीम्युजिकडटकम मा अपलोड/सम्मिलित गराएका थिए ।

यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्ने प्रावधान राखिएको छ । यो प्रतियोगिता नेपाल भित्र र विदेशमा रहेका सबै नेपालीहरुका लागि खुल्ला गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.