नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई सर्वसम्मत चयन

  २०७७ पुष १६ गते ११:२९     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो ।

कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो ।

यसअघि कम्पनीकाे अध्यक्ष पदकाे जिम्मेवारी रमेश कुमार निरौलाले सम्हालेका थिए । कम्पनीका संस्थापक सेयरधनी निरौलाले एसभीआर पब्लिकको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका थिए । उनलाई एसभीआरले फिर्ता बोलाएपछि कम्पनीकाे अध्यक्ष पद रिक्त रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.