एउटा ब्रोकर डुब्यो भने नेपालको पुँजी बजार नै डुब्ने अवस्था छः सन्तोष मैनाली

  २०७७ पुष १५ गते १५:०६     विकासन्युज

धितोपत्र बोर्डले गत आइबारदेखि लागु हुनेगरी सेयर ब्रोकरमा लाग्ने कमिसन ३३ प्रतिशतले घटाएको छ । कमिसन घटाउने बोर्डको निर्णयप्रति धितोपत्र ब्रोकर असन्तुष्ट देखिएका छन् । अहिले तय गरिएको कमिसनले आफूहरुको व्यवसाय नै चल्न नसक्ने अवस्था आएको ब्रोकरहरुको भनाई छ । सँगै ब्रोकरले प्रदान गर्ने सेवाप्रति लगानीकर्ताले गुनासो पनि गरिरहेका छन् । यही परिवेशमा अहिले घटाइएको कमिसनप्रति ब्रोकरको असन्तुष्टी किन, लगानीकर्तालाई सेवा प्रवाह प्रभावकारी बनाउन ब्रोकरले किन सकिरहेका छैनन् भन्ने लगायतका विषयमा केन्द्रीत रहेर स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीसँग कुराकानी गरिएको छः

धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसनको दर घटाएपछि तपाईंहरु असन्तुष्ट हुनुभएको छ, किन ?

कमिसन घट्ने भन्ने सन्दर्भ पहिलादेखिकै हो । योभन्दा अघि बजार घटेर अन्दोलन पनि भएपछि अर्थमन्त्रालयले एउटा समिति नै बनाएको थियो । त्यो समितिले तयार पारेको ५८ बुँदे प्रतिबेदनमा ब्रोकर कमिसनका बारेमा अध्ययन गर्ने र घटाउन सकिने अवस्था रहेछ भने घटाउने भन्ने विषय समावेश थियो । जतिबेला कमिसन घटाउने विषय उठ्यो, त्यो बेला हामी ब्रोकरहरु घाटामै संचालन भइरहेका थियौं । त्यसैले त्यो बेला सम्भव थिएन ।

भविष्यलाई हेरेर कमिसन घटाउन सम्भव छ कि भन्ने ठानेर अर्थमन्त्रालयले निर्देशन दियो । मन्त्रालयको निर्देशन अनुसार धितोपत्र बोर्डले एउटा अध्ययन समिति नै बनायो । त्यो समिति बनेपछि पनि बोर्डमा गएर हामीहरु घाटामै संचालन भइरहेका छौं, भोलि कारोबार बढेर आम्दानी बढ्ला । तर, कमिसन घटाएपछि ब्रोकरको आर्थिक अवस्थामा कस्तो असर पर्छ भन्ने कुरा पनि हेरौं भनिरहेका थियौं ।

अर्काे कुरा, ब्रोकरहरुले जुन किसिमको परिकल्पना गरेर नयाँ कारोबार प्रणाली ल्याउनदेखि सेवाको गुणस्तर बृद्धि गर्नेसम्मको विषय थियो, त्यसमा कस्तो असर पर्छ भनेर पनि अध्ययन गरियोस् । कमिसन घट्नै हुन्दैन भन्ने होइन । कारोबार धेरै बढ्यो भने कमिसन घटाउँनु ठिक होला । तर, कमिसन घटाउँदा दीर्घकालिन रुपमा ब्रोकरको आर्थिक अवस्थामा कस्तो असर पार्छ, ब्रोकरहरु सस्टेन गर्न सक्छन् कि सक्दैनन् भनेर विशेष ध्यान दिनुपर्छ भन्ने हाम्रो कुरा थियो ।

कमिसन भनेको कारोबारसँग प्रत्यक्ष सम्बन्ध भएको विषय थियो । मार्केट साइकल अनुसार कारोबार कहिले बढ्ने र कहिले घट्ने अवस्था भइरहेको छ । अर्काे कुरा भनेको दीगो आम्दानीको स्रोतहरु जस्तै, मार्जिन ट्रेडिङ, पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरी जस्ता ब्रोकरले अन्तराष्ट्रिय रुपमा गरिरहेका कामहरुतिर पनि ढोका खोलौं । त्यो काम भएपछि ब्रोकरको आम्दानीको स्रोत बढ्छ, कमिसन घटाएपछि बजारलाई पनि राम्रो असर गर्छ भन्ने हाम्रो कुरा थियो ।

त्यो बेला पनि हाम्रो कुरा सुनुवाई भएन । परिणाम के भयो भने त्यो कमिसन घटाएपछिका ४ वर्षमा २ वर्षसम्म धेरै ब्रोकरहरु घाटामा गए । त्यो अनुभवबाट अहिले पनि हामीले यही कुरामा चासो राखेका थियौं ।

यो कुरा २०७३ सालमा ४० प्रतिशत कमिसन एकैपटक घट्दा पनि हामीले भनेका थियौं । त्यो बेला पनि हाम्रो कुरा सुनुवाई भएन । परिणाम के भयो भने त्यो कमिसन घटाएपछिका ४ वर्षमा २ वर्षसम्म धेरै ब्रोकरहरु घाटामा गए । त्यो अनुभवबाट अहिले पनि हामीले यही कुरामा चासो राखेका थियौं । अहिले पनि अन्य कुराहरुमा कुनै सम्बोधन नगरी खाली नयाँ लगानीकर्ता प्रवेश गराउन प्रोत्साहन हुने र बजारलाई गतिशील बनाउने भन्ने नाममा हाम्रो कमिसन घटाउने मात्रै काम भयो । जबकि नयाँ लगानीकर्तालाई प्रवेश गराउन प्रोत्साहन गर्ने र बजारलाई गतिशील बनाउन गर्नुपर्ने काममा ब्रोकर कमिसन अन्तिमतिर पर्छ । त्यो बाहेकका अरु धेरै विषयहरु छन्, ती विषयमा किन ध्यान नदिएर ब्रोकरहरुले पहिलादेखि नै उठाउँदै आएका एजेण्डाको सम्बोधन नगरी ब्रोकर कमिसन मात्रै किन घटाएको भनेर हामीहरु धितोपत्र बोर्ड पुगेका हौं ।

२०७३ सालमा ४० प्रतिशतले र अहिले ३३ प्रतिशतले कमिसन घटाइएको छ, यसरी हेर्दा कमिसन बढी नै रहेछ भन्ने पुष्टी हुँदैन र ?

यसलाई कसरी हेर्ने भन्ने प्रमुख कुरा हो । जस्तो कि २०७३ सालमा कमिसन घटाए पनि राम्रो त गरेन । २०७३ को साउनमा कमिसन ४० प्रतिशतले घटाइएको थियो । त्यसपछिका ४ आर्थिक वर्षमा ब्रोकर इन्डष्ट्रीले राम्रो गर्न सकेको छैन । राम्रो भन्नाले वित्तीय रुपमा पनि राम्रो भएन । आफूहरु घाटामा भएको कारण केही ब्रोकरहरुले आफ्नो सुविधा अनुसार बैंकबाट लिएको कर्जाको उच्च व्याज तिरिरहेका छन् । बाहिरबाट हेर्दा ब्रोकरहरु कोही पनि छोडेर हिडेका छैनन्, त्यहाँ राम्रो भइरहेको छ भन्ने देखिन्छ होला । तर, भित्र पसेर राम्ररी हेर्ने हो भने ब्रोकर इन्डष्ट्रीलाई राम्रो भएको छैन । ब्रोकरहरु घाटामै हुँदाहुँदै पनि पुँजी बजारको विकासका लागि हामीहरु लागिरहनु पर्छ है भनेर काम गरिरहेका छन् । लगानी थपिरहेका छन् । राम्रा कर्मचारी राखिरहेका छन् ।

कमिसन घटाउने मात्रै हो भने त २०७३ सालमा ४० प्रतिशतले घटाइयो, अहिले ३३ प्रतिशतले घटाइयो, फेरि पनि घटाउँदा पनि फरक परेन । तर, त्यसले कहाँनेर राम्रो गरेको छ, त्यसको नतिजा के आइरहेको छ भन्ने पनि हेर्नुपर्छ । त्यतिबेला ४० प्रतिशत घटाएर अहिले पनि ३३ प्रतिशत घटाउने ठाउँ रहेछ भनेर मात्रै हुँदैन ।

तथ्यांकमै हेर्ने हो भने पनि २०७३ यता ब्रोकरको खर्च मात्रै ३५ देखि ४० प्रतिशतले बृद्धि भएको छ । लगानीमा पनि १०३ प्रतिशतले बढेको छ । तत्कालिन अवस्थामा हामीले तिर्ने करको दर २५ प्रतिशत थियो, अहिले ३० प्रतिशत भएको छ । बढ्दाखेरी यी सबै कुराहरु बढेका छन् । यी कुराहरु नहेरी कारोबार मात्रै बढ्यो भनेर हुँदैन । कारोबार भनेको पनि आज बढी हुन सक्छ, भोलि त्यति नहुन सक्छ । तर, हाम्रो बढेको कर, खर्च र लगानी त दीर्घकालिन प्रकृतिको हुन्छ । धितोपत्र बोर्डको अध्ययनले पनि ब्रोकरको खर्चमध्ये ९५ प्रतिशत स्थीर प्रकृतिको छ भन्ने देखाउँछ । यस्तो खर्चले कारोबारसँग सम्बन्ध राख्दैन । कारोबार बढेपनि वा घटेपनि यो खर्च स्थीर नै रहन्छ भन्ने अध्ययनको निक्र्योल छ ।

कमिसन घटाउने मात्रै हो भने त २०७३ सालमा ४० प्रतिशतले घटाइयो, अहिले ३३ प्रतिशतले घटाइयो, फेरि पनि घटाउँदा पनि फरक परेन । तर, त्यसले कहाँनेर राम्रो गरेको छ, त्यसको नतिजा के आइरहेको छ भन्ने पनि हेर्नुपर्छ । त्यतिबेला ४० प्रतिशत घटाएर अहिले पनि ३३ प्रतिशत घटाउने ठाउँ रहेछ भनेर मात्रै हुँदैन ।

अर्काे कुरा, महंगो सस्तो भनेर दरलाई मात्रै हेर्ने हो कि अन्य कुराहरुलाई पनि तुलना गर्ने हो भन्ने पनि आउँछ । हाम्रो कमिसन दक्षिण एसियाकै महंगो छ भनेर पनि आवाज उठिरहेको थियो । यो कसरी महंगो भयो भन्ने कुरा नै अनौठो छ । दक्षिण एसियाली देशका कुनै पनि नियामकले तोकेको कमिसन दरभन्दा हाम्रो नियामकले तोकेको कमिसन दर कम छ । माथिल्लो सिलिङ तोकेर छोडेका कारण हाम्रोभन्दा कम देखिएको होला । कहीँ माथिल्लो र तल्लो तह तोकेर बीचमा खुल्ला छोडिएको होला । पहिला ०.६ भनिए पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को भाग कटाउँदा ०.४८ प्रतिशत थियो । आजसम्म कुनै पनि देशले ०.४८ सिलिङ तोकेर छोडेको भेटिन्न ।

हाम्रो बजारको साइकल भनेको एउटा पिकबाट अर्काे पिक वा एउटा बटमबाट अर्काे बटममा पुग्न ८ देखि ९ वर्षको हुन्छ । त्यो चक्रमा ब्रोकरको औसत लगानी कति र औसत प्रतिफल कति भनेर हेर्ने हो भने आजको दिनमा पनि बैंकिङ क्षेत्रको भन्दा उच्च प्रतिफल छैन । औसतमा १८ देखि २० प्रतिशतको हाराहारीमा छ ।

अन्यत्रको उदाहरण हेर्ने हो भने बजारको आकारलाई पनि हेरौं । ब्रोकरले गर्ने कारोबारलाई पनि हेरौं । ब्रोकरले प्राप्त गर्ने आम्दानीका स्रोतहरुलाई पनि हेरौं । बाहिरबाट हेर्दा हाम्रोमा ब्रोकरले धेरै कमाइरहेका जस्तो देखिन्छ । त्यसलाई हेर्दा सम्पूर्ण चक्रमा ब्रोकरले औसतमा कति कमाइरहेका छन् भनेर हेर्नुपर्छ । हाम्रो बजारको साइकल भनेको एउटा पिकबाट अर्काे पिक वा एउटा बटमबाट अर्काे बटममा पुग्न ८ देखि ९ वर्षको हुन्छ । त्यो चक्रमा ब्रोकरको औसत लगानी कति र औसत प्रतिफल कति भनेर हेर्ने हो भने आजको दिनमा पनि बैंकिङ क्षेत्रको भन्दा उच्च प्रतिफल छैन । औसतमा १८ देखि २० प्रतिशतको हाराहारीमा छ ।

अर्काे कुरा, उद्योगको प्रकृति पनि हेर्नुपर्छ । कुनै क्षेत्रले धेरै नाफा गर्छ । कुनै क्षेत्रले कम कमाउँछ । यसरी हेर्दा विश्वव्यापी रुपमा ब्रोकर क्षेत्र भनेको असाध्यै आकर्षक क्षेत्र मानिन्छ । त्यसमा पनि हामीले वित्तीय क्षेत्रले दिने औसत प्रतिफल जति ब्रोकर क्षेत्रले पनि पाउँनु पर्छ है भनेर हामीहरु भनिरहेका छौं । अहिले अल्पकालिन कारोबार जुन रुपमा बढिरहेको छ, यसको कारण भनेको बजारमा प्राप्त अधिक तरलता नै हो जस्तो हामीलाई लाग्छ । अहिलेको जस्तो अवस्था तरलता बाहेका २ वर्षअघि पनि यस्तै थिए । तरलताको अवस्था कति दीर्घकालिन हो, यसमा कति विश्वस्त हुन सकिन्छ भन्ने कुरा नहेरी गरिएको निर्णय अल्पकालिन नै हुन्छ ।

कमिसनकै विषयमा हामी ब्रोकरहरुले नै पनि एउटा अध्ययन गरेका थियौं । अध्ययन गर्दा कमिसनलाई मात्रै हेरेर हुँदैन । सबै कुरा हेर्नुपर्छ । कतै ब्रोकरले शुन्य कमिसनमा काम गरेका पनि होलान् । शुन्य कमिसनमा काम गर्ने ब्रोकरले कहाँबाट कमाउँछन् भनेर हेर्न पनि जरुरी छ । भारतमा शुन्य कमिसन दरमा काम गर्ने ब्रोकरको कमाई बढी कमाउने ५ ब्रोकरभित्र पर्छ । उसको आम्दानीको स्रोत पक्कै पनि लगानीकर्ता नै होला । उसले लगानीकर्तासँग कुन रुटबाट लिइरहेको छ र त्यो रुटबाट हामीले कमिसन लिने अवस्था छ कि छैन भनेर पनि हेर्नुपर्ने हुन्छ । यी सबै कुराहरु हेरेर हामीले गरेको अध्ययनले दक्षिण एसियाली देशहरु मात्रै होइन, पश्चिमा धेरै देशहरुमा पनि हामीले लिएको कमिसन निकै कम देखिन्छ ।

अहिले ८५ प्रतिशत कारोबार अनलाइन मार्फत हुन्छ, अनलाइन मार्फत कारोबार हुँदा ब्रोकरको काम त्यसै घट्यो, कमिसन घटाएपछि कारोबार बढ्छ, कारोबार बढेपछि ब्रोकरको आम्दानी स्वतः बढ्छ भन्ने तर्क धितोपत्र बोर्डको छ नि ?

अहिले ८५ प्रतिशत कारोबार अनलाइन मार्फत हुँदा पनि ब्रोकरको कुनै खर्च घटेको छैन । अनलाइन हुनुभन्दा अघि हाम्रोमा एउटा ट्रेडिङ रुम हुन्थ्यो । त्यहाँ रहेका निश्चित कर्मचारीले काम गर्थे । आज तीमध्ये एक जना कर्मचारी पनि कटौति गर्न पाएको छैन । पछिल्लो समय आइपीमा धेरै नयाँ लगानीकर्ता प्रवेश गर्नुभएको छ, जो अनलाइन चलाउनु हुन्न । हामीले सेवा दिने भनेको कसले कति लगानी गर्छ भन्ने भन्दा पनि कति जनालाई सेवा दिनुपर्छ भन्ने विषय प्रमुख हुन्छ । एउटा मान्छेले १० करोड रुपैयाँको कारोबार गर्नु र १० हजार रुपैयाँको कारोबार गर्नुमा उसलाई दिने समय उत्ति नै हो ।

अनलाइन आएपछि हामीहरुको खर्च उल्टै बढेर गएको छ । प्रविधिमा खर्च बढेर गएको छ । डेटा सेन्टरको कुरा गर्ने हो भने सुरुमा हामीले होस्टिङ जति खर्चको अनुमान गरेका थियौं, त्योभन्दा ४ गुणाले बृद्धि भइसकेको छ ।

अनलाइन आएपछि हामीहरुको खर्च उल्टै बढेर गएको छ । प्रविधिमा खर्च बढेर गएको छ । डेटा सेन्टरको कुरा गर्ने हो भने सुरुमा हामीले होस्टिङ जति खर्चको अनुमान गरेका थियौं, त्योभन्दा ४ गुणाले बृद्धि भइसकेको छ । प्रविधिको प्रयोगसँगै हामीलाई त्यही अनुसारको जनशक्ति पनि चाहिन्छ । हिजोको दिनमा सामान्य कर्मचारी भए हुन्थ्यो भने अब दक्ष कर्मचारी चाहिएको छ । उसलाई गर्ने खर्च पनि बढी हुन्छ । प्रणालीसँगै जोखिम पनि बृद्धि भएर जान्छ । जोखिम व्यवस्थापनको लागि पनि खर्च बढाउनु पर्छ । जोखिमको लागि निश्चित प्रकारको प्रोभिजनिङ पनि गर्नुपर्ने हुन्छ । यो पनि लागत बृद्धि नै हो ।

नेप्सेले संचालन गरेको टीएमएस आजसम्म हामीले निःशुल्क रुपमा चलाउन पाएका छौं । यसमा पनि नेप्सेले अव निश्चित शुल्क लिनको लागि कार्यविधि बनाउने भनेर छलफलको चरणमा छ । ब्रोकर आफै मिलेर योभन्दा उच्चस्तरको र अन्तराष्ट्रिय बजारमा टेस्टेड टीएमएस ल्याउँछौं भनेर लागिरहेका छौं । यसले पनि खर्च बढाउँछ । बाहिरबाट हेर्दा खर्च कम भए जस्तो देखिए पनि अनलाइन कारोबारले ब्रोकरको खर्च उल्टै बढाएको छ, घटाएको छैन । यो कुरा बजार संयन्त्र, नियामक निकाय र लगानीकर्ताले बुझ्न आवश्यक छ ।

कमिसन दरले अल्कालिन कारोबारीलाई असर पार्छ । कमिसन घटाएको फाइदा हामीले पनि लिन सक्ने भनेको इन्ट्रा–डे कारोबारबाट हो । एउटा मान्छे विहान आउँछ, दिनभरीमा ४/५ चोटी कारोबार गरिरहन्छ र बजार बन्द भएपछि जान्छ । यसो गर्दा ब्रोकरलाई पनि फाइदा हुन्छ ।

विश्वव्यापी रुपमा लागू भएको कारोबार धेरै भएपछि आम्दानी धेरै हुन्छ भन्ने ‘इकोनोमी अफ स्केल’को मान्यता छ । इकोनोमी अफ स्केलले पनि लागतलाई निश्चित विन्दुसम्म मात्रै कम गर्छ भन्ने मान्यतालाई हामीले विर्सनु भएन । कारोबार धेरै भएको कारण ब्रोकरले बढी लाभ पाउने अवस्था गइसकेको जस्तो मलाई लाग्छ । किनभने पहिला १ प्रतिशतबाट कमिसन घटाएर ०.६ प्रतिशत बनाउँदा पनि जम्मा ३ दिन कारोबार बढेको हो । त्यसपछि निरन्तर ४ वर्षसम्म कारोबार घट्यो । कमिसन घटाएपछि ९३ प्रतिशतसम्म कारोबार घटेको छ । कमिसन मात्रै कारण भएको भए कारोबार घट्नु नपर्ने हो । दैनिक झण्डै ३ अर्बमा पुगेको कारोबार रकम घटेर २२ करोड रुपैयाँसम्म झरेकै हो ।

कमिसन दरले अल्कालिन कारोबारीलाई असर पार्छ । कमिसन घटाएको फाइदा हामीले पनि लिन सक्ने भनेको इन्ट्रा–डे कारोबारबाट हो । एउटा मान्छे विहान आउँछ, दिनभरीमा ४/५ चोटी कारोबार गरिरहन्छ र बजार बन्द भएपछि जान्छ । यसो गर्दा ब्रोकरलाई पनि फाइदा हुन्छ । इन्ट्रा–डे कारोबारको बाटो खोल्ने हो भने हामी अहिलेको भन्दा कम दरमा र त्यसमा पनि अझ एकतर्फी कमिसन मात्रै लिएर पनि काम गर्न तयार छौं । किनभने त्यसमा विहान किनेर बेलुकासम्म सल्टाइसक्ने भएकोले जोखिम पनि खासै छैन । त्यसलाई सेटलमेन्टमा लैजादा हामीलाई थप आर्थिक भार वा जोखिम बहन गर्नुपर्ने हुँदैन ।

कमिसन भनेको प्रतिफलसँग पनि सम्बन्धित हुन्छ । प्रतिफल जोखिमसँग सम्बन्धित हुन्छ । बढी जोखिम लियो भने बढी प्रतिफल प्राप्त हुन्छ ।

सेयर विक्री गर्नेले सेयर दिन्छ, किन्नेले पैसा दिन्छ, यसमा ब्रोकरलाई के कस्तो खालको जोखिम छ ?

अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने दुईटा प्रकारको खाता लगानीकर्ताले चलाउन पाउँछ । एउटा खाता भनेको ब्रोकरसँग मार्जिन कर्जा लिने, अर्काे भनेको क्यास एकाउन्ट प्रयोग गर्ने हो । कसैले क्यास एकाउन्ट प्रयोग गरेर सेयर किन्ने हो भने उसले ब्रोकरलाई शतप्रतिशत रकम दिएर किन्नुपर्छ । त्यसो हुँदा ब्रोकरलाई कुनै पनि प्रकारको जोखिम भएन । मार्जिन कर्जामा कारोबार गर्ने हो भने लगानीकर्ताले आफ्नो भागको रकम पहिला नै दिनुपर्छ, बाँकी रकम ब्रोकरले कर्जा दिन्छ ।

हाम्रोमा कानुनले २५ प्रतिशत रकम पहिला नै लिएर कारोबार गर्ने भनेको छ । यो २५ प्रतिशत रकम लिन पनि हामीले सकेका छैनौं ।

कानुनमै भएको कुरा पालना गर्न गराउन किन नसक्नु भएको त ?

किन नसकेको भने हाम्रोमा ब्रोकरलाई पहिला नै किन पैसा दिने भन्ने पब्लिक सेन्टिमेन्ट छ । सेन्टिमेन्ट भन्दा पनि लगानीकर्ताको दबाब नै छ भन्छु म । पहिला त यो कुरा अभ्यासमै थिएन । अनलाइन आएपछि नेप्सेले नै २५ प्रतिशत अग्रिम रुपमा लिएर कारोबार गर्नु गराउनु भनेर सर्कुलर जस्तो जारी गर्यो । यो २५ प्रतिशत अग्रिम रुपमा दिएको पैसाको व्याज कसले लिने ? ब्रोकरलाई पहिला नै पैसा किन दिने भन्ने जस्ता प्रश्नलाई हामीले चिर्न सकेका छैनौं । जोखिम व्यवस्थापनको लागि यो आवश्यक छ भनेर ब्रोकर, नियामक वा बजार संयन्त्र संचालकले बुझाउन सकिरहेका छैनौं ।

अहिले नियममै भएको कुरा (२५ प्रतिशत रकम अग्रिम रुपमा लिने व्यवस्था अनुसार) गर्ने हो भने पनि १८ देखि २७ पैसा कमिसन पाएको आधारमा ७५ रुपैयाँको जोखिम लिइरहनु परेको छ । तर, २५ प्रतिशत रकम अग्रिम रुपमा लिने व्यवस्था पनि कार्यान्वयनमा छैन । यसरी हेर्दा १८ पैसादेखि २७ पैसा लिएर सय रुपैयाँको जोखिम लिइरहनु परेको छ ।

अहिले लिन पाउँने भनिएको ०.२७ देखि ०.४ प्रतिशतको कमिसनबाट नेप्से र धितोपत्र बोर्डले लिने रकम कटाएर हेर्ने हो भने हामीले पाउने भनेको ०.१८ प्रतिशतदेखि ०.२७ प्रतिशतसम्म मात्रै हो । त्यसमा पनि हामीले लिने १५ प्रतिशत टीडीएस पनि हाम्रो खातामा आउँदैन । हामीले त्यो रकम प्रयोग गर्नै पाउँदैनौं । अहिले नियममै भएको कुरा (२५ प्रतिशत रकम अग्रिम रुपमा लिने व्यवस्था अनुसार) गर्ने हो भने पनि १८ देखि २७ पैसा कमिसन पाएको आधारमा ७५ रुपैयाँको जोखिम लिइरहनु परेको छ । तर, २५ प्रतिशत रकम अग्रिम रुपमा लिने व्यवस्था पनि कार्यान्वयनमा छैन । यसरी हेर्दा १८ पैसादेखि २७ पैसा लिएर सय रुपैयाँको जोखिम लिइरहनु परेको छ ।

विभिन्न विषयमा धितोपत्र बोर्ड घेराउ गर्न जान सक्नुहुन्छ, नेप्सेअघि नारा जुलुस गर्न सक्नुहुन्छ तर, नियममै भएको व्यवस्था कार्यान्वयन गर्न गराउन किन सक्नुहुन्न ?

यो कुरा भन्न हामी नगएको, नभनेको कहिल्यै छैन । सधै भनिरहेका छौं, धाइरहेका छौं । फेरि यो जोखिम भनेको ब्रोकरको टाउको दुखाई मात्रै होइन । भोलि एउटा ब्रोकर डुब्यो भने बजार डुब्छ । जस्तो कि कुनै लगानीकर्ताले मेरोमा आएर ठूलो रकमको सेयर किन्यो, उसले ३ दिनसम्म रकम भुक्तानी गरेन, मैले पनि रकम व्यवस्था गर्न सकिनँ भने बजारको राफसाफ के हुन्छ ? हाम्रो राफसाफ प्रणाली कस्तो छ ? दैनिक अर्बाैंको कारोबार छ । त्यसको व्यवस्था गर्नको लागि हामीसँग कतिको फण्ड छ ? कतिको बीमा छ ? अन्य देशमा हेर्ने हो भने कुनै देशमा कारोबार रकम बारबरको र कुनैमा कारोबार रकमको ३/४ गुणासम्मको सेटलमेन्ट ग्यारेन्टी फण्ड हुन्छ । त्यो फण्डभन्दा माथि गएर उनीहरुले बीमा गराएका हुन्छन्, सकेसम्म त्यो फण्ड पनि चलाउनु नपरोस भनेर ।

यो जोखिम भनेको ब्रोकरको टाउको दुखाई मात्रै होइन । भोलि एउटा ब्रोकर डुब्यो भने बजार डुब्छ ।

हाम्रोमा त्यस्तो खासै छैन । कुनै ब्रोकरले सकेन, नसकेकै कारण उ बरु जेल जान तयार भयो भने के गर्ने ? त्यस्तो अवस्थामा बजारलाई कसरी उद्धार गर्ने भन्ने संरचना हाम्रोमा छैन । हामीले बारम्बार यो कुरा उठाइरहेका छौं । आजसम्म ब्रोकरको इमान्दारिताले गर्दा बजार चलेको छ । एउटा लगानीकर्ताले किनेको सेयर नपाएको वा बेचेको पैसा नपाएको रेकर्ड छैन । वित्तीय क्षेत्रको सबैभन्दा प्रभावकारी नियामक भनिएको नेपाल राष्ट्र बैंकले नियमन गरेका कति संस्था डुबेर गए । सर्वसाधारणको धेरै निक्षेप डुवेर गयो । तर, सेयर बजारमा यस्तो भएको छैन । किनेको सेयर नपाउने वा बेचेको पैसा नपाउने अवस्था नआएको प्रभावकारी संयन्त्र बनेकोले होइन, ब्रोकरको इमान्दारिताले मात्रै हो । यसमा ब्रोकरलाई कदर पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ । कदर भन्नाले हामीलाई बोलाएर माला लगाइदिनुपर्छ भनेको होइन, हामीले उठाएका जायज विषय सम्बोधन हुनुपर्छ भनेका हौं ।

जस्तो कि विदेशका कुनै पनि बजारमा मेरो यो सेयर बेचिदिनुस् भनेका भरमा कुनै पनि ब्रोकरले सेयर बेचिदिदैन । ब्रोकरले पहिलो त्यो सेयर मेरो कन्ट्रोलमा हुन्छ कि हुँदैन भनेर खोज्छ । हाम्रो मा त लगानीकर्ता ढोकामा आएर अर्डर फर्म भरेर दिएको भरमा अन्दाजमा बेचिरहेका छौं । बेच्दैनौं भनेर भन्न पनि सक्दैनौं । हामीले बेचेको सेयर हाम्रोमा आउँछ कि आउँदैन भन्ने थाहा हुँदैन । मैले सेयर बेचें, म तिमीलाई नेप्से मार्फत ३ दिनभित्रमा सेयर दिन्छु भनेर अर्काे ब्रोकरसँग कानुनी सम्झौतमा छिरेको हो । तर, हामीलाई यस्तो कानुनी सम्झौतामा छिर्न कानुनले वाध्य पारेको छ कि जुन सेयरसँग हाम्रो पहुँच नै छैन । भोलि आउने हो कि होइन भन्ने थाहा छैन ।

अरु देशले यस्तो समस्याको समाधान कसरी गरेका छन् भने आफ्नो डिपीमा भएको सेयरको मात्रै कारोबार गर्छु भन्ने अधिकार ब्रोकरलाई हुन्छ । नियामकले पनि त्यो कुरा मान्छ । सेयर बजारमा किन्ने मान्छेले सेयर पाउने ग्यारेन्टी त गराउनु पर्यो । बेच्ने ठाउँमै ग्यारेन्टी गर्न सकिदैन भने किन्ने मान्छेले पाउँछ भन्ने कसरी ग्यारेन्टी गर्ने भन्ने समस्या छ ।

त्यसो भए त किन्नेले सेयर नपाउने र बेच्नेले पैसा नपाउने खतरा पनि छ ?

प्राविधिक रुपमा हेर्दा त्यस्तो देखिन्छ । तर, अहिलेसम्म ब्रोकरको इमान्दारिताको कारण किन्नेले सेयर नपाएको र बेच्नेले पैसा नपाएको उदाहरण भने छैन । हाम्रो बजारको आकार बढ्दै गएको छ । अहिलेको बजारको आकार अनुसार कुनै दिन ब्रोकरले हात उठाउने अवस्था आयो भने सेयर वा पैसा नपाउने सम्भावना पनि रहन्छ । अहिले हामी विदेशी लगानीकर्ता, संस्थागत लगानीकर्ता भित्र्याउने कुरा गरिरहेका छौं । अहिलेको संरचना हेरेर कुनै पनि संस्थागत वा विदेशी लगानीकर्ता हाम्रो बजारमा आउने सम्भावना म देख्दिनँ ।

सेयर बेच्दा पैसा र किन्दा सेयर पाउने ग्यारेन्टी गर्नको लागि के के काम गर्न बाँकी छ ?

एउटा कुरा त ठूलो आकारको सेटलमेन्ट ग्यारेन्टी फण्ड बनाउनु पर्छ । कुनै ब्रोकरले राफसाफ गर्न सकेन भने पनि क्लियरिङ हाउसले त्यो फण्ड चलाएर राफसाफ गर्न सक्ने बनाउनु पर्छ । आजसम्म क्लियरिङ हाउससँग त्यस्तो फण्ड छैन । अहिले भर्खर सेटलमेन्ट ग्यारेन्टी फण्डको सुरुआत त भएको छ, तर एकदमै सानो आकारको छ । आजको दिनसम्म बेचेको सेयरको पैसा ब्रोकरले जसरी पनि ३ दिनको १२ बजेभित्रमा बुझाइसक्नु पर्छ । त्यो ३ दिनको १२ बजेभित्रमा बुझाएन भने के त ? यसमा केही व्यवस्था नै छैन । यस्तो समस्या आउँदा आजसम्म १२ बजेको साटो अलिकति समय पर्खने गरिएको छ । ब्रोकरले जे जसरी भएपनि ऋणसिन गरेर पैसा बुझाउँछ । हाम्रो प्रणालीमा एउटा ब्रोकरको राफसाफ भएन भने बाँकी ४९ वटै ब्रोकरको राफसाफ रोकिन्छ । कि सबै ब्रोकरको राफसाफ हुन्छ, कि सबै ब्रोकरको हुँदैन । तर, विदेशका ब्रोकरसँग यस्तो समस्या छैन । ब्रोकरले लिने कमिसनको कुरा गर्दा यो समस्या पनि जोडेर हेर्नुपर्छ ।

कमिसन दरलगायतका नयाँ विषयमा ब्रोकरको आम्दानी वा सुविधामा केही कमी आउने गरी नयाँ नीतिगत व्यवस्था भएको जुनसुकै समयमा पनि दोस्रो बजारमा संकुचन आउने गरेका विगतका उदाहरण छन्, बजारलाई यसरी प्रभावित पार्न सक्ने कस्तो ताला छ तपाईंहरुसँग ?

गत आइतबारदेखि नयाँ कमिसन दर लागू भयो । त्यसपछिका २ दिनमा एक दिन बजार घट्यो, अर्काे दिन कारोबार रकम घट्यो । यसलाई संयोगका रुपमा मात्रै लिदा हुन्छ । यसअघिका ब्रोकरसँग सम्बन्धित हरेक विषय आएको बेलामा बजारमा संकुचन आएको छैन ।

यहाँ मात्रै होइन, विश्वभरी बजार बढेपनि ब्रोकर, घटेपनि ब्रोकर भन्ने आरोप लाग्ने गर्छ । यसैले यस्ता आरोपलाई स्वभाविक रुपमा लिनुपर्छ । अहिलेको कुरा गर्ने हो भने एउटा ब्रोकरको ५ देखि ६ जनाले कारोबार प्रणालीमा अर्डर राख्छन् । एउटा ब्रोकरको ६ जनाको दरले हिसाव गर्ने हो भने ब्रोकरको आन्तरिक प्रयोकर्ता भनेको ३ सय जना हो । अहिले ८५ प्रतिशत लगानीकर्ताले अनलाइन मार्फत आफै कारोबार गर्ने गरेको तथ्यांकले पनि देखाएको छ । अनलाइन प्रयोगकर्ताको संख्या सबा २ लाख पुगिसकेको छ । यत्रो ठूलो बजारमा ३ सय जना प्रयोगकर्ताले असर पार्न सक्छ कि ८५ प्रतिशत कारोबार गर्ने सबा २ लाख प्रयोगकर्ताले असर पार्न सक्छ भन्ने प्रमुख कुरा हो । बजार घट्नु ब्रोकरका कारणले मात्रै होइन होला । अघिल्लो साता मात्रै नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी गरेको नयाँ व्यवस्था अनुसारको सर्कुलर पनि कारक होला । ब्रोकरलाई आरोप लाग्नु स्वभाविक हो । बजारको प्रवेश विन्दु भनेको नै ब्रोकर हो । लगानीकर्ताले चिन्ने पनि ब्रोकर नै हो । त्यहाँभन्दा माथिका अरुलाई लगानीकर्ताले चिनेको पनि हुन्दैन, मतलब पनि हुदैन ।

ब्रोकरले भनेको बेलामा फोन उठाउँदैनन्, भनेको बेलामा किन्ने बेच्ने गर्दैनन्, यिनीहरुले दिने सेवाको स्तर एकदमै कमजोर छ तर, कमिसन भने धेरै छ भनेर लगानीकर्ताले गुनासो गरिरहेका छन् नि ?

यो आरोप हामीले पनि सुनिरहेका छौं । हामी कुन क्षमताको परिकल्पना गरेर बसिरहेका थियौं र अहिले कुन क्षमता आवश्यक पर्यो भन्ने पनि हामीले बिचार गर्नुपर्छ । जस्तो कि लकडाउन अघि ९/१० लाखको संख्यामा रहेका डिम्याट खाता अहिले बढेर २३ लाख पुगिसकेको छ । छ महिनाको बीचमा १३० प्रतिशतको बृद्धि धान्ने भनेको जोकको कुरा होइन । नेप्से, सिडिएस र ब्रोकरले एउटा अनुमान गरेको हुन्छ । छोटो अवधिमा हुने यस्तो बृद्धिले प्रभाव पर्छ नै । कोभिड आउनु अघि १२/१३ हजार अनलाइन प्रयोगकर्ता थिए । अहिले बढेर सबा २ लाख पुगेको छ । ती अनलाइन फर्म भर्नेहरुलाई हामीले पनि फर्म भराएका हौंला । अफिसमा ल्याएर त्यसलाई प्रोसेसिङ गरेका हौला । प्रयोगकर्तालाई लिंक पठाएका हौला । लिमिट म्यानेजमेन्टको कुराहरु होलान् । त्यसैले सधैभरी नराम्रो मात्रै देख्ने हो भने केही पनि भन्नु छैन, होइन भने यो तीव्र बृद्धिलाई व्यवस्थापन गर्नु भनेको सफलता नै हो भन्ने मलाई लाग्छ । पछिल्लो समय फोन नउठ्ने भन्ने जस्ता गुनासा कम हुँदै गएका छन् । लगानीकर्ताको गुनासो सम्बोधन गर्न हामीले प्रयास पनि गरिरहेका छौं ।

लकडाउन अघि ९/१० लाखको संख्यामा रहेका डिम्याट खाता अहिले बढेर २३ लाख पुगिसकेको छ । छ महिनाको बीचमा १३० प्रतिशतको बृद्धि धान्ने भनेको जोकको कुरा होइन ।

अर्काे कुरा, हामी ब्रोकरले ४ वटा प्रणाली व्यवस्थापन गरिरहेका हुन्छौं । कारोबार प्रणाली, राफसाफ प्रणाली, डिपी र हाम्रो व्याकअफिस प्रणाली । यी ४ वटै प्रणाली कहीपनि अन्तरआवद्ध छैनन् । हाम्रा ४ वटै प्रणालीले क्लाइन्टलाई एकपटक चिन्दैन । बेग्लाबेग्दै चिनाउनु पर्छ । अहिलेसम्मको अनुभव हेर्ने हो भने जति प्रणाली थपिदै गएको छ, हामीलाई कामको बोझ पनि त्यति नै थपिदै गएको छ । यो समस्या समाधान गर्न हामीले एपीआई (एप्लिकेसन पोग्रामिङ इन्टरफेस) अवधारणमा जाऔं भनेर हामीले नेप्से र सिडिएसलाई अनुरोध गरिरहेका पनि छौं । यो भयो भने अहिले भएका ६० देखि ७० प्रतिशतसम्म समस्या हटेर जान्छन् भन्ने मलाई लाग्छ ।

अब बोर्डले के गरिदेओस् भन्ने तपाईंहरुको भनाई हो ?

यसमा मैले अगाडि पनि भनेको छु कि वित्तीय क्षेत्रले प्रदान गर्ने औसत प्रतिफल जति हो, ब्रोकरले पनि त्यति प्रतिफल पाउने अवस्था हुनुपर्छ । त्यो प्रतिफल हामीलाई कमिसनको रुपमा आएपनि हुन्छ, पोर्टफोलियो म्यानेजमेन्ट गर्न दिएर फिको रुपमा आएपनि भयो । अथवा इन्भेष्टमेन्ट एड्भाइज दिएको आधारमा आएपनि भयो । हामीलाई जहाँबाट आएपनि वित्तीय क्षेत्रको औसत प्रतिफल जति आओस् । नत्र व्यवसायी पलायन हुनुपर्ने अवस्था आउँछ ।

नियामक निकायलाई मेरो लगानीको यति प्रतिशत प्रतिफल ग्यारेन्टी गरिदेउ भनेर भन्न मिल्छ र ?

मैले ग्यारेन्टी भनेको छैन । मैले वित्तीय क्षेत्रको औसत बराबरको प्रतिफल भए हामी चित्त बुझाउँछौं भनेको हूँ । मैले भने पनि उहाँहरुले ग्यारेन्टी गर्न सक्नुहुन्न । इक्वीटी मार्केटमा कसैले पनि केही कुराको ग्यारेन्टी गर्न सक्दैन । यो कही पनि सकिदैन । तर, हामीले त्यो माहोल बनाइदिनु पर्यो, हामीले महसुस गर्न सक्नुपर्यो भनेका हौं ।

अहिले तय गरिएको कमिसनको दरमा फेरबदल भएन, बजारमा आम्दानीका अन्य स्रोत पनि प्राप्त भएनन् भने अब तपाईंहरु के गर्नुहुन्छ ?

त्यति नकारात्मक पनि नबनौं । अस्ति हामीले धितोपत्र बोर्डका अध्यक्षसँग भेट गर्दा पनि उहाँले एउटा सर्वपक्षीय (बोर्ड, नेप्से, सिडिएस) बैठक बस्ने भन्नुभएको छ । त्यसले पनि केही विकल्प देला । केही नयाँ प्रडक्ट थपिएलान् । प्रडक्ट थपिने वित्तिकै नाफा पाइहालिन्छ भन्ने पनि होइन । त्यसमा बजारका सबै सरोकारवाला पक्ष अभ्यस्त हुनुपर्यो । त्यसो पनि नहुने हो भने त सबै व्यवसायीले आफ्नो आफ्नो हिसावले बिचार गर्नुहुन्छ होला । पुँजी त जहाँ बढी प्रतिफल पाइन्छ, त्यतै जाने हो । कसैले कही रोकेर रोकिदैन ।

3 comments on "एउटा ब्रोकर डुब्यो भने नेपालको पुँजी बजार नै डुब्ने अवस्था छः सन्तोष मैनाली"

  • MARKET GURU says:

    “हाम्रोमा कानुनले २५ प्रतिशत रकम पहिला नै लिएर कारोबार गर्ने भनेको छ । यो २५ प्रतिशत रकम लिन पनि हामीले सकेका छैनौं ।
    किन नसकेको भने हाम्रोमा ब्रोकरलाई पहिला नै किन पैसा दिने भन्ने पब्लिक सेन्टिमेन्ट छ”
    त्येही भएर FULL AUTOMATION WITH BANK INTEGRATION भनेर घोक्रो सुक्ने गरि भन्दा अटेर गर्ने / भाँजो हाल्ने ब्रोकर हरु नै हुन् ,किन भन्दा लगानीकर्ता ले बेचेको पैसा महिना दिन सम्म आफुल ले नै चलाएर २ गुना, ४ गुना नाफा कमाउने पाऊदा पाऊदै किन AUTOMATION मा गएर कमिसन मात्र सिमित हुने भन्ने नियेत हुन सक्छ /
    “ब्रोकरहरु घाटामै हुँदाहुँदै ” – त्येसो भए घाटा को बिजिनेस गर्न अरु ब्रोकर थप्ने कार्य मा तगारो किन हालेको त ?
    एस्तो पनि समाचार छन् – ५ महिनामा ३ अर्ब ९ करोड ब्रोकर कमिशन
    https://aarthiknews.com/news/२९७७९
    ५ महिनामा ३ अरब कमाउदा पनि लगानीकर्ता ले निउनतम सेवा सुबिधा नपाउनु कत्तिको न्याय होला ?

  • Share kurakani says:

    yedi testo khatra chha bhane turuntai bank lai broker license dine tira sabai jana lagnu parchha. Bank le broker licence payo bhane you problem solve hunchha.

  • Mitelash says:

    Ghata cha bhaney bechdey bhai go ni ta … jolle efficiently chalauna sakcha ulle kinera chalaucha … ghata ko byapar kina gari ra ko ta …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.