एनटिटिभी सेवा सुरु गर्दै टेलिकम

  २०७७ पुष १५ गते १३:४८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले पुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।

तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकहरुले एनटिटिभि सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ । एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट सेट अप बक्स खरिद गर्नुपर्नेछ

टेलिकमकाे अनुसार विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्नेछन् । प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेभसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको टेलिकमले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.