नर्भिकमा ६७२ कोभिड संक्रमितले पाए नयाँ जीवन

  २०७७ पुष १४ गते १७:१७     विकासन्युज

काठमाडौं । देशमै गुणस्तरीय स्वास्थ्य सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड-१९ को संक्रमणविरुद्ध देशले थालेको लडाईमा महत्वपूर्ण योगदान गरेको छ ।  नेपालका निजी अस्पतालमध्ये कोभिड संक्रमितको रोजाईको केन्द्र बनेको नर्भिकले कोभिडको छुट्टै एनआइसियू तथा फिभर क्लिनिक नै निर्माण गरी बिरामीहरुलाई स्तरीय स्वास्थ्य सेवा दिएको हो ।

यो क्रममा कोभिड संक्रमित भएका ६७२ बिरामीले स्तरीय सेवाको साथमा नयाँ जीवन पाएका छन् । संभवत निजी अस्पतालमध्ये नर्भिकले नै सबैभन्दा बढी संक्रमितको उपचार गरेको हो ।

व्यवसायिक घाटाको डरलाग्दो अवस्थामा रहेको बेला समेत कोभिडको अलग्गै युनिट बनाउँदा सिर्जना हुने आर्थिक दायित्वलाई समेत पन्छ्याएर नर्भिकले सामाजिक उत्तरदायीत्व बोध गर्दै अत्याधुनिक र स्तरीय कोभिड वार्ड तयार गरी बिरामीहरुलाई स्तरीय सेवा दिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । नर्भिकका स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान जोखिममा राखेर भए पनि ६७२ संक्रमितलाई नयाँ जीवन दिने सफलता पाएका सिंह बताउँछन् ।

नर्भिक अस्पतालले कोभिड सुरु भएपछिदेखि केही दिनअघिसम्म गरी कुल ६७२ संक्रमितको सफल उपचार गरेको हो ।

नेपालमा कोभिड १९ को संक्रमण सुरु भएलगत्तै सरकारले घोषणा गरेको कोभिड कोषमा निजी क्षेत्रको तर्फबाट सहयोग गर्ने पहिलो व्यक्ति पनि नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरी थिए । उनले सो बेला सरकारी कोषमा ५० लाख रुपैयाँ नगद प्रदान गरेका थिए भने ६० लाख रुपैयाँ बराबरको मेडिकल सामाग्री समेत हस्तान्तरण गरेका थिए । चौधरीले कोभिड कोषमा योगदानको घोषणा गरेपछि निजी क्षेत्रबाट समेत त्यहाँ सहयोग उपलब्ध गराउने लहर नै चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.