डिशहोम फाइबरनेट अफर: इन्टरनेट जाेड्दा टिभीकाे मासिक शुल्क नलाग्ने

  २०७७ पुष १४ गते १५:०२     विकासन्युज

काठमाडौं । डिशहोमले डिशहोम फाइबरनेटमा ‘एकदाम दुईकाम’ अफर ल्याएको छ । यस अफर हन्तर्गत डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुने कम्पनीले जनाएको छ ।

उपत्यकाका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको छ ।

निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा वार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी, बुढानिलकण्ठलगायतका हुँदै आएको यो सेवा लिन उपभोक्ताले नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.