टेकुमा खुल्यो मल्टीब्राण्ड शोरुम बाइकर्स मार्ट

  २०७७ पुष १२ गते ११:१३     विकासन्युज

काठमाडौं । टेकुमा मल्टी ब्राण्ड शोरुमा बाइकर्स मार्ट खुलेको छ । शुक्रबारदेखि सेवा दिने उदेश्यको साथ उक्त शोरुम खुलेको हो ।

शोरुममा विभिन्न सात ब्राण्डका बाइकहरु पाइने बाइकर्स मार्टका प्रबन्ध निर्देशक गौरव कुमार पाठकले बताएका छन् । पाठकको अनुसार शोरुममा हेल्मेट, एप्यारेल, मर्चेन्डाइज, ब्याग, ग्लोभ्स लगायतका बाइकर्सका लागि आवश्यक सबै सामग्री पाइनेछ ।

बाइकर्स मार्टमा सीएफमोटो, हार्ले डेभिडसन, हाउजे, क्लेभल्यान्ड, बीएमडब्ल्यु, बेनेली र रिजु ब्रान्डका बाइक राखिएकाे छ । मार्टले हालकाे लागि बाइक बाहेक अन्य सामाग्रीमा १५ प्रतिशत छुटकाे व्यवस्था पनि गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.