महास‌ंघकाे सुदूरपश्चिम प्रदेश अध्यक्षमा बोगटी विजयी

  २०७७ पुष १२ गते ९:३१     विकासन्युज

डोटी । नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा शङ्कर बोगटी विजयी भएका छन् । शनिबार डोटीको दिपायलस्थित सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासङ्घको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन भएका उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन भएका छन् । एशोसिएट उपाध्यक्षमा कैलालीकै अनिलकुमार भुजनिया र कोषाध्यक्षमा बझाङका दानकुमार शर्मेली विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.