सबैभन्दा बढी गाडी बिक्री हुनेमा सेल्टोस पहिलाे, न्युनतम ४९ लाख ९० हजार रुपैयाँदेखि नै पाइने

  २०७७ पुष ११ गते ९:२४     विकासन्युज

काठमाडौं । नेपाली सडकमा कुद्ने कियाको मिड-एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको हो । सेल्टोस र अर्को मोडल सोनेटले कोरियाली अटो ब्रान्ड कियालाई नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेका छन् ।

करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिभटभन्दा बढी बिक्री भइसकेको छ ।

नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको थियो । यो गाडी छिमेकी मुलुक भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड-एसयुभी बन्न सफल भएको थियो ।

सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन हुन्छ । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतीय प्लान्टमा सेल्टोस उत्पादन थालेको हो । भारत-६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ ।

सेल्टोस र सोनेटको प्रवेशसँगै किया नेपालको तेस्रो नम्बरको प्यासेन्जर भेहिकल ब्रान्ड बन्न सफल भएको छ । सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी-कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् ।

४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.