नेपाल राष्ट्र बैंकले मागेको पदको आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

  २०७७ पुष १० गते १५:१०     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । शुक्रबारदेखि लागु हुने गरी खल्तीले यस्ताे सेवा सुरु गरेकाे हाे ।

नेपाल राष्ट्र बैंकले जागिरका लागि मागेको आवेदन अनलाईनमार्फत बुझाउन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नपर्छ ।

खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी सजिलैसँग भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.