रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोडको बीमा योजना दिने

  २०७७ मंसिर ३० गते १५:२१     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ ।

सो सम्बन्धि सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र राम कृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.