काम नपाउनेहरुलाई रोजगारी दिँदै हाम्रो टीम नेपाल

  २०७७ मंसिर ३० गते १२:५६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा निशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काम नपाउनेहरुलाई कृषि फार्मममा रोजगारी दिने भएको छ । हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्मममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए ।

अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए । अब भने कोठापनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनैठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको बताए । अहिले हाम्रो टीम नेपालमा खाना खान आउने मध्येका करिब ७०/८० जनालाई कृषि फार्मममा लगाउने पनि पन्तले बताए ।

हाम्रो टीम नेपालले मंगलबार काठमाडौंमा कोठा लिएर बसेका तर काम नपाएका व्यक्तिका परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.