चेक अनादर मुद्दामा फरार पोद्दार पक्राउ

  २०७७ मंसिर २९ गते १७:५०     विकासन्युज

काठमाडौं । चेक अनादर मुद्दामा दोषी ठहर भई फरार रहेका वर्ष ४८ का अनिल पोद्दार पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ११ बबरमहल बस्ने पोद्दारलाई आइतकार पक्राउ गरिएको हो ।

आज उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको गरिएको छ । पोद्दारले आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी–जानी जिल्ला काठमाडौं महानगरपािलका वडा न.१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई एक करोड त्रीसठ्ठी लाखको बैंक चेक काटी दिई फरार रहेका थिए ।

बैंकमा निक्षेप नभएको कारणले रकम भुक्तान हुन नसकेको कारण प्रतिवादी पोद्दारले चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौं जिल्ला अदालतबाट २०७३ असोज १५ मा १ महिना कैद र ३ हजार जरिवाना हुने तथा एक करोड त्रीसठ्ठी लाख बिगो भराउने फैसला भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.