भारतमा निर्मित निम जि-ईलेक्ट्रिक अटो नेपाली बजारमा, मूल्य ८ लाख ४९ हजार रूपैयाँ

  २०७७ मंसिर २८ गते १८:१६     विकासन्युज

काठमाडाैं । नेपालको एक प्रतिष्ठित व्यवसायीक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गत हिमालय मोटोराड कम्पनीले भारतमा निर्मित निम जि, ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ। नेपालमा एक पटकको फूलचार्जबाट १३० किमि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा कम्पनीले उक्त अटो नेपाली बजारमा ल्याएको हाे ।

नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिब्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएतापनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात व्यवसायीहरु इलेक्ट्रीक सवारी साधनमा आकर्षित हुन थालेका छन् । यसै क्रममा हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्धारा उत्पादित निम जि, ईलेक्ट्रिक अटोको नेपाल अधिराज्यभर आजदेखि विक्री वितरणको शुभारम्भ गरेको छ ।

यस ईलेक्ट्रिक अटोको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहेको, ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको याे अटाेलाइ ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष ध्रुब थापाले बताए । कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका प्रतिनिधी फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराएका थिए । उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटोको व्याट्रीमा ८ बर्ष सम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको बताए ।

कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरब थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० कि.मि.प्रतिघण्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत रहेको जानकारी दिए । कम्पनीका अनुसार निम जि, ईलेक्ट्रिक अटोकाे शुभारम्भ मूल्य ८ लाख ४९ हजार रूपैयाँ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.