धादिङबाट ५० केजी चरेशसहित युुवक पक्राउ

  २०७७ मंसिर २८ गते ११:३२     विकासन्युज

काठमाडौं । धादिङबाट ५० केजी चरेशसहित एक जना युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको खटिएको टोलीले लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट गएराति चरेससहित धादिङको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको हो ।

बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरले तीनवटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

उनलाई राति नै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.