नवनियुक्त ट्रेड एड्भाइजर शर्मा भन्छन्: अब क्यानडामा व्यापार बढाउन सजिलाे हुन्छ

  २०७७ मंसिर २५ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपालका युवा व्यवसायी तथा अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष द्विराज शर्मा क्यानडाकाे ट्रेड एड्भाइजरमा नियुक्त भएका छन् । क्यानडा सरकारअन्तगर्तको ट्रेड कमिसनर सर्भिसेज (टिसिएस)ले युवा व्यवसायी शर्मालाई ट्रेड एड्भाइजरमा नियुक्त गरेको हाे ।

क्यानडाले नेपालमा लगानी भित्र्याउने तथा दुई देशबीचको व्यापार बढाउने उद्देश्यले टिसिएसले अध्यक्ष शर्मालाई ट्रेड एड्भाइजर नियुक्त गरेको हो ।

क्यानडा सरकारले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न, दुई देशबीचको व्यापार बढाउन, समन्वय गर्न तथा सम्बन्ध बढाउन चाहेकाले ट्रेड एड्भाइजर नियुक्त गरेको हो । यससँगै क्यानडाले नेपालमा लगानी गर्न तथा नेपालले क्यानडामा व्यापार बढाउन बाटो खुला भएको नवनियुक्त ट्रेड एड्भाइजर शर्माले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.