फोर्ड इकोस्पोर्ट २०२१ को बुकिङ्ग खुल्ला, सुरक्षाको लागि ६ वटासम्म एयरव्याग

  २०७७ मंसिर २४ गते १९:५२     विकासन्युज

काठमाडौं । जीओ अटोमोबाईल्स प्रा.लि. (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ्ग खुल्ला गरेको छ । सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणी मा नै खेल परिवर्तकको रुपमा आएको थियो ।

यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी/सेगमेन्ट नै पुन: परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ ।

सन् २०२१ संस्करण ईकोस्पोर्ट भरत स्टेज भीआई(बीएस भीआई) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा वुकिङ्ग खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । लाइन-अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टीआई भीसीटी पेट्रोल ईन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टरक्यिु प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

२०२१ ईकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । जस्तैः चालक र यात्रीको सुरक्षाको लागि ६ वटासम्म एयरव्याग रहेको छ ।

यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीनयुक्त एसवाईएनसी ३ सिस्टम, एप्पलकारप्ले तथा एण्ड्रोइड अटो अनुकुलतामा टप-इन लाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ ।

९ ईन्च टचस्क्रीन-आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्वेडेड नेभिगेशन रहेको छ । सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतमप्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डि.आर.एल रेन सेन्सिङ्गवाइपर आदि पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.