अजोड इन्स्योरेन्सको सञ्चालकमा कल्याण बन्धु अर्याल नियुक्त

  २०७७ मंसिर २२ गते १४:११     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको सञ्चालकमा कल्याण बन्धु अर्याल नियुक्त भएका छन् । मंसिर २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

बैठकले कम्पनीको आगामी हुने तेस्रो वार्षिक साधारणसभाबाट नियुक्त हुने सञ्चालकले प्रतिनिधित्व नगरेसम्मको लागि संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा मनोनित गरी नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त अर्यालले कम्पनीको आगामी साधारणसभा नभएसम्म कम्पनीको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.