ग्लोबल आइएमई बैंकले पश्चिम रुकुमका व्यवसायीलाई सहुलियतपुर्ण कर्जा दिने

  २०७७ मंसिर १८ गते १९:१०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले पश्चिम रुकुमका व्यवसायीलाई १० लाखसम्म सहुलियतपुर्ण कर्जा दिने भएकाे छ । उक्त सहुलियतपुर्ण कर्जाका लागि बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बिच सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर के.सी का बिच छुट्टा छुट्टै रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाले उधम व्यवसाय गर्न इच्छुक समुहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समुह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।

नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.