बैंक अफ काठमाण्डूद्वारा ५ लाखको बीमा दावी भुक्तानी

  २०७७ मंसिर १८ गते १७:००     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खाता अन्तर्गत रुद्र प्रसाद वस्तीलाई पाँच लाखकाे बीमा दावी रकम भुक्तानी प्रदान गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगका सहकार्यमा बैंकले उच्चतम ब्याजदरका साथ एघार लाखसम्मको बीमा सुविधा उपलब्ध गराउदै आईरहेको छ ।

बैंककाे सुविधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको र १८ प्राणघातक रोगहरुको लागि पाँच लाख तथा औषधी उपचारको लागि एक लाखको बीमा सुविधा रहेको छ ।

केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दावी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरीरहेकाे बैंकले जनाएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.