कडा एक्सनमा उत्रियो आरबीआई, फेरि कारबाहीमा पर्यो एचडीएफसी बैंक, डिजिटल सेवामा प्रतिबन्ध

  २०७७ मंसिर १८ गते १५:५३     विकासन्युज

काठमाडौं । भारतीय भारतीय रिजर्व बैंक( आरबीआई) कडा एक्सनमा उत्रिएको छ । पछिल्लो समय गलत काम गर्ने बैंकहरुलाई आरबीआईले कडा कारबाही गर्दै आएको छ ।

पछिल्लो समय आरबीआईले भारतीय बैंकहरुलाई धमाधम कारवाही गरिरहेको छ । केही हप्ता हगाडि मात्रै पञ्जाव नेश्नल बैंक, लक्ष्मी विलास बैंकलगायतलाई कारवाही गरेको आरबीआईले फेरि भारतीय एचडीएफसी बैंकलाई पनि कारवाही गरेको छ ।

निजी क्षेत्रको एचडीएफसी बैंकले भारतीय रिजर्व बैंकबाट यस पटक अर्को ठूला कारवाही भोग्नु परेको छ । आरबीआईले एचडीएफसी बैंकका सबै डिजिटल सेवामा प्रतिबन्ध लगाउको छ । यद्यपी यो पतिबन्ध स्थायी होइन । एचडीएफसले कारवाहीमा परेको यो तेस्रो पटक हो ।

भारतीय रिजर्व बैंकले एचडीएफसी बैंकलाई यसको डिजिटल २.० पहल अन्तर्गत कुनै पनि नयाँ गतिविधिहरू रोक्न निर्देशन दिएको छ । बैंकले विगत दुई वर्षदेखि आफ्नो इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र भुक्तान सेवामा धेरै समस्याहरूको सामना गरिरहेको छ ।

एचडीएफसी बैंकको डिजिटल सेवाहरूका ग्राहकहरू अवरोधका कारण निरन्तर समस्याहरूको सामना गरिरहेका थिए । एचडीएफसी बैंकको डाटामा गडबडीको कारण तत्कालका लागि डिजिटल सेवाहरु प्रतिबन्ध लगाइएको बुझिएको छ । एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.