नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने

  २०७७ मंसिर १८ गते १४:०६     विकासन्युज

काठमाडौं । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हंकीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पुर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पारे । यद्यपी खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.