वालिंङ नगरपालिकाकाे राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने

  २०७७ मंसिर १८ गते १४:११     विकासन्युज

काठमाडाैं । अब स्याङ्जा अवस्थित वालिंङ नगरपालिकाका बासिन्दाले राजस्व खल्ती एपबाट बुझाउन सक्ने छन् । बासिन्दाले आफ्नो फोनबाटै ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी राजस्व बुझाउन सक्ने भएका हुन।

नगरपालिकाका बासिन्दाले सम्पत्तिलगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिए वापत सेवा शुल्क भुक्तानी गर्नुपर्नेहुन्छ । सो शुल्क ‘खल्ती’ का ग्राहकले खल्तीकाे वेबपेज वा माेबाइल एपमा रहेकाे सरकारी सेवा मेनुमा गइ वालिंङ नगरपालिका ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । सेवाग्राहीकाे भिड भइरहने नगरपालिकामा माेबाइलमा रहेकाे खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि वालिंङ नगरपालिकाका बासिन्दालाई निकै सहज हुने नगरपालिका जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.