कोभिड-१९: यूकेले दियाे कोभिड फाइजर खोपलाई स्वीकृति

  २०७७ मंसिर १७ गते १७:४४     विकासन्युज

काठमाडाैं । यूकेले फाइजर/बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिएकाे छ । यस खाेपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने युके पहिलाे देश हाे । याेसँगैं खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ ।

यस खाेपले ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने र अबकाे दाेस्राे साता देखि यसकाे प्रयाेग हुने ब्रिटिश नियामक संस्था एमएचआर जनाएकाे छ ।

यस खोपले शरिरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि-सेल भनिने शरिरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने यसअघिकाे परीक्षणहरुमा देखाएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.