यूनिलिभर नेपालको प्रस्तावित लाभांश पारित, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

  २०७७ मंसिर १७ गते १५:००     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपालको प्रस्तावित १०० प्रतिशत लाभांश पारित भएको छ । मंसिर १६ गते सम्पन्न कम्पनीकाे २७औं वार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावित लाभांशलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले गत गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रतिसेयर १०० रुपैयाँको दरले लाभांश पाउने भएका छन् ।

साधारण सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी कात्तिक २७ गते बुक क्लोज गरेको थियो । यससँगै कात्तिक २६ गतेसम्म कायम सेयरधनीले कम्पनीको सो मात्राको लाभांश पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.