बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै सिजीले ल्यायाे विभिन्न घरायसी सामाग्री

  २०७७ मंसिर १७ गते १४:४८     विकासन्युज

काठमाडौं । नेपालको उत्कृष्ट ब्राण्ड सिजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

सिजीले सम्पूर्ण उपभोक्ताहरुमा न्यानो सम्बन्ध राखि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट प्रस्तुत गरेको हो ।

यसैगरी जुनसुकै स्थानमा जति बेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने तपाईलाई न्यानो बनाई राख्न विभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ । यस लगायत सिजीले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको छ ।

सि.जी. ले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.