हराएको छोरो

  २०७७ मंसिर १७ गते ८:४१     युवराज कार्की

(गजल)

भोक हराएको छैन अझै  निद्रा हराएको छैन

 तिमीले छोड्दा कत्ति पनि मन दुखाएको छैन।

तिमीलाई दियो सम्झेको थिएँ तर सलाई रहेछौं

तिमीले जस्तो मैले अरुको दिल  जलाएको छैन।

हिजो ऊ मेरो छानो उडाउदा खुब रमाएको थियो

आज उसैको घर जल्दाखेरि म रमाएको छैन।

वर्षौ वर्ष भइ सक्यो देशमा शान्ति आएको पनि

तर बा भन्नुहुन्छ,हराएको छोरो अझै आएको छैन।

तपाईं आहा भन्नुहुन्छ शहरको झिलिमिली देखेर

हेर्नुस् त कर्णालीले अझै सिटामोल पाएको छैन।

कसरी बिश्वास गरुँ? एक गाँस दिन्छ भनेर उसले

जो कसौंडी रित्तो पारिसक्दा पनि अघाएको छैन।

झापा -गौरादह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.