मंगलबार नेपालभर १३०४ जनामा संक्रमण पुष्टि, २१ जनाको मृत्यु

  २०७७ मंसिर १६ गते १६:५२     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३०४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३०४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३४ हजार ७५६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १६ हजार ६३३ पुगेकाे छ ।

नेपालमा आजसम्म १७ लाख ४६ हजार ३३० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २०७३ जना निकाे भएसँगैं हालसम्म २ लाख १६ हजार ५९४ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २१ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १५२९ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.