‘नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ’

  २०७७ मंसिर १६ गते १५:३८     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको आज निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको छ भने ।

उनले भने, “महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला । जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन् । आत्मबलले कोरोनासँग जित्न सकिन्छ ।”

कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार आइशोलेसन स्थापना गरिएको बताए । नब्बे जनाको क्षमता रहेको सो आइशोलेसनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गए दुई सयजनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उनले जानकारी दिए ।

सो अवसरमा महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, चिकित्सालयका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, निर्देशक डा हेमराज कोइराला लगायतले बोलेका छन् । आइसोलेशनमा हालसम्म ३६१ जनाले उपचारपछि घर फर्किएका छन् भने १६ जना उपचाररत रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.