सानिमा माइ हाइड्रोले बोलायो वार्षिक साधारणसभा, १५ प्रतिशत लाभांश प्रस्ताव

  २०७७ मंसिर १६ गते १५:२३     विकासन्युज

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले आगामी पुस २३ गते नवौं वार्षिक साधारणसभा डाकेको छ । मंसिर १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनको लागि सभाको मिति तय गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर सहित) गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यससँगै पुस १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । कम्पनीले आघिल्लो आर्थिक वर्ष २०७५/७६को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.