अब त्रिविकाे उत्तरपुस्तिका क्याम्पसमै जाँचिने

  २०७७ मंसिर १६ गते १६:२२     विकासन्युज

काठमाडाैं । अब त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेज तथा क्याम्पसहरुका विद्यार्थीहरुका परीक्षा उत्तरपुस्तिका सम्बन्धित क्याम्पसमा नै जाँचिने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहलले यसपटक सम्बन्धित कलेजकाे उत्तरपुस्तिका साेही कलेजमै जाँचिने बताएका हुन् । उनले त्रिविले पठाएकाे विशेषज्ञकाे निगरानीमा उत्तरपुस्तिका विद्यार्थी पढेकै क्यामपसमा जाँचिने बताएका हुन् ।

काेराेनाकाे कारण राेकिएकाे त्रिविकाे परीक्षाहरु भाैतिक रुपमै सञ्चालन गर्ने निर्णयकाे साथ विश्वविद्यालयका तालिकाहरु सार्वजनिक गरिसकेकाे छ । परिक्षा स्थगित भएकाे ८ महिनापछि बल्ल त्रिविले भाैतिक रुपमा परीक्षा गराउने निर्णय गरेकाे हाे । यसपटक काेभिड-१९ का कारण हाेम सेन्टरमा नै परीक्षा गराउने त्रिविले निर्णय गरेकाे छ ।

गत चैतमा हुने भनिएकाे त्रिविकाे परीक्षा काेराेनाभाइरसकाे कारण स्थगित भएकाे थियाे । त्यसपश्चात त्रिविले अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो । दशैं अगाडि त्रिविको सेमेष्टर र वार्षिक प्रणालीका सबै त्रिविको सबै परीक्षाहरु हुने बताएको थियो र पुन: त्यसलाई सच्याउँदै छठपछि सबै परीक्षा सञ्चालन गर्ने बताएकाे थियाे ।

यसअघि अनलाइन मार्फत पनि परीक्षा स‌ञ्चालन हुने भन्दै त्रिविले बताए पनि विद्यार्थीकाे स‌ंख्या धेरै भएकाे कारण निकै कम स‌ंख्यामा विद्यार्थी भएकाे स‌ंकायकाे परीक्षा मात्र अनलाइन मार्फत गराएकाे थियाे ।

भाैतिक रुपमा परीक्षा हुने भएसँगै त्रिविले आफु अन्तर्गतकाे सबै क्याम्पस, विभाग र स्कुलहरुलाई स्थानिय निकायले ताेकेकाे समयसिमा र मापदण्डभित्र रहने गरी कक्षा संचालन गर्न निर्देशन दिएकाे छ । त्रिविले यस्ताे सम्भव नभएकाे अवस्थामा अन्य वैकल्पिक विधिकाे प्रयाेग गरी नियमित कक्षाहरु सञ्चालन  गर्न पनि निर्देशन दिएको छ।

2 comments on "अब त्रिविकाे उत्तरपुस्तिका क्याम्पसमै जाँचिने"

  • वसन्त महर says:

    अनि परिक्षा केन्द्रको हकमा के छ ?

  • Durga says:

    अब बिहारी शिक्षाको सुरुवात हुने भएछ त्रि वि मा हार्दिक बधाइ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.