सूर्या लाइफले पोहोरको भन्दा ३ करोड बढायो नाफा, यस्ता छन् १५ महिनाका मुख्य परिसुचक

  २०७७ मंसिर १६ गते १०:३६     नबिन पाेखरेल

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५७ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १० करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही समयमा भने ७ करोड ८७ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी १२ करोड ८८ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ११ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको खर्च २ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च ३ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

सूर्या लाइफले कुल कायम गरेको बीमालेखको संख्या २ लाख ५५ हजार रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा कम्पनीको ७६ करोड १ लाख रुपैयाँ रहेको छ ।

जीवन बीमा कोषमा ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ११ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

समस्या तथा चुनौति

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग नियन्त्रणका लागि लगाइएको बन्दा न्दीका कारण अर्थतन्त्रमा मन्दी देखिएको अवस्था छ । सोही कारणबीमा क्षेत्रको क्रयशक्तिमा ह्रास आएको छ । कम्पनी व्यवस्थापनका अनुसार जीवन बीमा सम्बन्धी जानकारीमुलक शिक्षाको कमी, दक्ष जनशक्तिको कमी, लगानीको क्षेत्र सिमीत हुनु लगायतका कारणले पनि जीवन बीमा क्षेत्रले प्राप्त गर्ने प्रतिफलमा उल्लेख्य कमी आएको छ ।

पछिल्लो समय नयाँ जीवन बीमा कम्पनीहरुको स्थापना, कर्मचारीहरुको टर्न ओभर र त्यसको व्यवस्थापन र तिब्र प्रतिस्पर्धा बीमा व्यवसायको चुनौतीको रुपमा रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.