माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा पर्यटक प्रतिक्षालयको निर्माण

  २०७७ मंसिर १६ गते ९:४७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखा मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “पर्यटक प्रतिक्षालय“ को निर्माण गरेको छ ।

देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको जनाएको छ ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय साेमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र मणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.