क्षतिको फोटो र भिडियो नभई कृषि तथा पशुपन्छी बीमामा दाबी भुक्तानी नपाइने

  २०७७ मंसिर १५ गते १७:३२     विकासन्युज

काठमाडौं । कृषि तथा पशुन्छी बीमाको दाबी भुक्तानी लिनको लागि फोटो र भिडियो अनिवार्य रुपमा चाहिने भएको छ । यसअघिसम्म भिडियो अनिवार्य नगरिएको भएपनि नियामक निकाय बीमा समितिले यस्तो व्यवस्था थप गरेको हो ।

बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दिएको जानकारी अनुसार कृषि बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको हो ।

‘कृषि बीमालाई हामीले प्राविधिक पक्षबाट समेत मध्यजनर गरी यसपालीको निर्देशिका तयार पारेका छौं, बीमा कम्पनीले बीमालेख जारी गर्नुअघि बीमा गरिएका वस्तु समेटिएको विभिन्न कोणबाट खिचिएकोे स्थिर फोटो कम्तिमा ५ वटा र ३ मिनेटसम्मको भिडियो क्लिप प्रस्ताव फारम कम्पनीमा बुझाउनु पर्नेछ, उक्त फोटो तथा भिडियो प्राविधिकले नै खिच्नु पर्ने व्यवस्था गरिएको छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.