१२ लाख रुपैयाँ लगानीमा बागबजारमा खुल्यो कफी सप

  २०७७ मंसिर १५ गते १७:१४     विकासन्युज

काठमाडौं । काठमाडौंको बागबजारमा कफी सप सञ्चालनमा आएको छ । १२ लाख रुपैयाँ लगानीमा काठमाडौंको बागबजार स्थित न्यू सीटी फुडले कफी सप पनि सञ्चालनमा ल्याएको हो । माउन्ट कफी बिनको सहकार्यमा न्यू सीटीले आजदेखि कफी सप सञ्चालन गरेको हो ।

कफी सपको उद्घाटन प्रतिनिधी सभा सांसद रामकुमारी झाँक्रीले गरिन् । न्यू सीटी फुडका सञ्चालक अमर थापाले हालसम्म फाष्ट फूड लगायतका सेवाहरु ग्राहकलाई प्रदान गर्दै आएकोमा अबदेखि ग्राहकले कफी पनि लिन पाउने गरी सेवा सुरु गरेको बताए ।

सोमबारबाट शुभारम्भ भएको कफी सप हप्ताको सातै दिन खुल्ला रहने थापाले बताए । माउन्ट कफी बिनको सहकार्यमा सञ्चालनमा आएको कफी सपको नाफाबाट ४० प्रतिश न्यूसीटीलाई र ६० प्रतिशत माउण्ट बिनले नै पाउने गरी सम्झौता भएको थापाले बताए ।

न्यू सिटी फास्ट फुडले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गर्दै आएको बताएको छ । खाना, खाजा तथा ड्रिंक्स आइटमकाे सेवा प्रदान गर्दै आएकाे न्यू सिटी पछिल्लाे समय ग्राहककाे राेजाईका पर्दै आएकाे छ । ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आफ्ना सेवा सुविधाहरु वृद्धि गर्दै जाने थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.