बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित

  २०७७ मंसिर १५ गते १६:४१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १५ गते सम्पन्न बैंकको २६औं वार्षिक साधारण सभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले सेयरधनीलाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद(लाभांशमा लाग्ने कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ सम्मको बैंकको संचित मुनाफाबाट सो मात्राको लाभांश पाउने छन् ।

सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.