मुक्तिनाथ विकास बैंकको लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन शिलन्यास

  २०७७ मंसिर १५ गते १४:२८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भवनको भूमी पूजा तथा शिलन्यास गरेका छन् ।

छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन बैंकले जनाएकाे छ । उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उपस्थित रहेका थियो ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेकाे छ । हाल विकास बैंकको १३८ ओटा शाखाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.