अरुण भ्याली हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, मंसिर २६ गतेदेखि बुक क्लोज

  २०७७ मंसिर १५ गते १४:२०     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी पुस ८ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । हाइड्रोले सो दिन बिहान ११ बजे थापाथलीस्थित कम्पनीको सभाकक्षमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभामा कम्पनीले ५.२६३ प्रतिशत लाभांश प्रस्ताव लैजाँदै छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

साथै, सभाले बोनस पछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गर्दै छ ।

त्यस्तै, कम्पनीले निर्माण गर्न लागेको माथिल्लो काबेली २ जलविद्युत आयोजना(९.६) मेगावाटका लागि ऋण स्वीकृत गर्ने सामान्य प्रस्ताव सभामा लैजाँदै छ ।

सभामा जाने प्रयोजनको लागि कम्पनीले मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै मंसिर २५ गतेसम्म कायम सेयरधनीले कम्पनीको सभामा भाग हुनका साथै कम्पनीले वितरण गर्न लागेको लाभांश पाउने छन् । सभा भर्च्युअल माध्यम जुम एपबाट सञ्चालन हुने छ ।

सम्बन्धित समाचारः

अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.