रसुवाकाे ७७ विकास योजना छनोट

  २०७७ मंसिर १५ गते १२:१३     विकासन्युज

रसुवा । सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने पूर्वाधार विकास बजेटबाट निर्माण गरिने योजना छनोट गर्ने कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य मोहन आचार्यका तर्फबाट चार करोड तथा प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङबाट तीन/तीन करोड गरी १० करोड खर्च गर्ने कार्ययोजना तयार भएको हो ।

प्रतिनिधिसभा सदस्य आचार्यको संयोजकत्वमा बसेको आन्तरिक बैठकले जनताको आकांक्षा, सुझाव एवं आवश्यकतालाई आत्मसात् गरी ७७ विकास योजना छनोट भएका आचार्यका स्वकीय सचिव सुनिल पौडेलले जानकारी दिए । तय गरिएका कार्यक्रममा सौर्य ऊर्जाको बिजुली बत्ती, सिँचाइ, शुद्व खानेपानी, पर्यटकीय पदमार्ग, मठमन्दिर, प्रतीक्षालय निर्माण जस्ता विविध योजना रहेका बताइएको छ ।

रसुवाका पाँच गाउँपालिकाअन्तर्गत गठित २७ वटै वडामा प्रदान गरिएका विकास कार्यक्रम गाउँपालिकामार्फत सञ्चालनको तयारी भएको स्वकीय सचिव पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.