आज ५८ अर्ब लगानीका ३ सय ९६ अस्पताल शिलान्यास हुँदै, कुन-कुन स्थानीय तहमा बन्दैछन् ? (सूचिसहित)

  २०७७ मंसिर १५ गते १०:४०     विकासन्युज

काठमाडौं । आज सरकारले ३ सय ९६ वटा अस्पतालहरूका शिलान्यास गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने बताइएको हो ।

देशको विकट तथा ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने योजना अनुरुप सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्न लागिएको हो ।

ती अस्पतालहरु ५, १० र १५ शय्याका हुनेछन् । अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन् । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ ।

प्रदेश १ मा ८६ आधारभूत अस्पताल, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१, लुम्बिनीमा ५७, कर्णालीमा ४२ र सुदूरपश्चिममा ५४ बनाइँदैछ । यी अस्पताल निर्माण गर्नको लाििग ५८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा वाेलीले शनिवार सचिवालय बैठकमा पेस गरेकाे राजनीतिक प्रतिवेदनमा उक्त कुरा लेखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.