सेञ्चुरी बैंकको नयाँ शाखा कोहलपुरमा

  २०७७ मंसिर १४ गते १५:१२     विकासन्युज

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले मंसिर १४ गतेबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आए लगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएकाे छ । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.