‘हाम्रो फेमिली राम्रो फेमिली’द्धारा ब्लड क्यान्सर पीडितलाई डेढ लाख सहयोग

  २०७७ मंसिर १४ गते १४:२०     विकासन्युज

काठमाडौं । ‘हाम्रो फेमिली राम्रो फेमिली’ले ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । ‘हाम्रो फेमिली राम्रो फेमिली’ले ब्लड क्यान्सर पिडित दोलखाको सैलुङ्ग ८ निवासी ३३ महिनाकी मेलिना बस्नेतलाई १ लाख ५२ हजार ८ सय १० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

उनी कान्ति बाल अस्पताल काठमाडौंमा उपचाररत रहेकी छिन् । उनलाई अस्पतालमा नै गएर रकम हस्तान्तरण गरिएको हाम्रो फेमिली राम्रो फेमिलीका दिपु खड्काले जानकारी दिईन् ।

विगतमा समेत यस हाम्रो फेमिली राम्रो फेमिलीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.