२ घण्टामै ७८ अंकले बढ्यो नेप्से, ५ अर्ब माथिको सेयर कारोबार

  २०७७ मंसिर १४ गते १३:०९     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार खुलेको २ घण्टामै ७५ अंकले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.१३ प्रतिशतले बढी हो ।

दिउँसो एक बजेर २ मिनेट जाँदा नेप्से परिसूचक ७८.१८ अंकले बढेर १९७१.४२ अंकमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च बिन्दु हाे । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५.३० प्रतिशत अर्थात १९.३४ अंकले बढेर ३८४ अंकमा पुगेको छ ।

यो अवधिमा बजारमा ५ अर्ब बढीको सेयर कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म १९२ कम्पनीको १ करोड २५ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.