५ वटा प्रदेशको यस्तो आयो परिणाम, वरिष्ठ उपाध्यक्षमा ढकालले जित्ने देखियो कि प्रधानले ?

  २०७७ मंसिर १३ गते २०:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको परिणम सार्वजनिक हुने क्रम बढेको छ । निर्वाचन समितिले अहिलेसम्म ५ वटा प्रदेशबाट महासंघ कार्यकारिणी सदस्यको नतिजा सार्वजनिक गरेको छ ।

समितिले हालै सार्वजनिक गरेको परिणाम अनुसार प्रदेश २ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत ल्याउन सकेनन् ।

गण्डकी प्रदेशबाट बाबुराम गिरी ९ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत मात्रै ल्याए । लुम्बिनी प्रदेशबाट जसमेर मियाँले १० मतसहित चुनाव जितेका छन् भने उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत मात्रै ल्याए ।

कर्णाली प्रदेशबाट लालिमान बुढाले ७ मत ल्याएर जिते भने उनका निकटम् प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मात्रै मत ल्याए । सुदुरपश्चिमबाट पुष्पराज कुँबरले ८ मत ल्याएर बाजी मारे भने उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै ल्याए । वागमती प्रदेशको मतगणना हुन बाँकी छ । प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् ।

चुनावमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् । यो मत परिणामपछि वरिष्ठ उपाध्यक्ष पदमा कसले बाजी मार्ला भनेर अनुमान गर्न सकिने व्यवसायीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.