यस्तो छ नेकपाको सचिवालय बैठकमा ओलीले पेश गरेको जवाफी प्रस्ताव (पूर्ण पाठसहित)

  २०७७ मंसिर १३ गते १६:४०     विकासन्युज

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अधयक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गरेका हुन् ।

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले पेश गरेकाे प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको अध्यक्ष ओलीले जवाफ दिएका छन् । उनले पेश गरेकाे प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार प्रस्ताव अध्ययन गरी छलफलका लागि अर्को बैठक मंसिर १६ गतेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १६ गते दिउँसो एक बजे बस्ने बैठकले दुईअध्यक्षका प्रस्तावमाथि छलफल अगाडी बढाउने उनले बताए ।

बैठकमा बोल्ने सचिवालय सदस्यहरुले पार्टीभित्र देखिएको समस्या र संकटहरुको समाधान गर्न छलफल गरी अगाडी बढ्नुपर्ने बताएका छन् । अध्यक्षद्वय ओली र प्रचण्ड तथा अन्य सचिवालय सदस्यहरुले पार्टीको एकता बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभएको प्रवक्ता श्रेष्ठले बताए। उनले अहिलेको पार्टीभित्रको बहसल एकतामा विचलन पैदा हुने र पार्टी फुटको दिशातिर जाने ढंगले नसोच्न पनि आग्रह गरे । उनले भने, ‘‘यो छलफल र बहसले एकतामा विचलन पैदा हुने वा फुटको दिशामा जाने ढंगले सोच्नु पर्दैन । एकताको रक्षा र सुदृढिकरण गर्न अहिलेको छलफल र बहसको सदुपाये गर्नुपर्छ भन्ने सबैको विचार हो ।’’

नेकपाले स्थानीय कमिटी बैठक मंसिर १८ मा र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.