एफएनसीसीआई निर्वाचन: जिल्ला/नगर र वस्तुगतमा शतप्रतिशत मत खस्यो, एसोसिएटको सय बाँकी

  २०७७ मंसिर १३ गते १५:३३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा जिल्ला/नगर र वस्तुगततर्फको शतप्रतिशत मत खसेको छ । आज भइरहेको निर्वाचनमा जिल्ला/नगरतर्फको सबै मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

एसोसिएटतर्फभने अझै करिब सय मत खस्न बाँकी रहेको छ । निर्वाचनको समय अहिले ५ बजेसम्मको लागि तोकिएको छ ।

महासंघमा जिल्ला/नगरतर्फ १०५ मतदाता छन् भने वस्तुगततर्फ १०१ मतदाता छन् भने एसोसिएटतर्फ ९ सय ४ मतदाता छन् । वस्तुगततर्फको मतदान महासंघ केन्द्रीय कार्यालय टेकुमा भएको छ । एसोसिएटफर्तको मतदान कार्की व्यांकेट बबरमहलमा र जिल्ला÷नगरतर्फको मतदान नेपाल प्रज्ञा प्रतिष्ठानको भवन भइरहेको छ ।

यो निर्वाचनले महासंघको आगामी कार्यकालको लागि एक वरिष्ठ उपाध्यक्षसहित जिल्ला÷नगर, वस्तुगत र एसोसिएटतर्फबाट एक एक जना उपाध्यक्ष निर्वाचित गर्नेछ । यस्तै, कार्यकारिणी सदस्य पदमा ६० जनालाई निर्वाचित गर्नेछ ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष पदमा भने चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् ।

ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.