युनाईटेड इदी-मर्दीको आईपीओ आइतबार बाँडफाँड हुने, कति बजे ?

  २०७७ मंसिर १२ गते १७:५१     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आर बि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) आगामी आइतबार (मंसिर १४ गते) बाँडफाँड हुने भएको छ । उक्त सेयरको बाँडफाँड सो दिन दिउँसो ४ बजे हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा हुने भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर निष्काशन बन्द भएकाे सातादिनमै बाँडफाँड गर्न लागेकाे हाे ।

कम्पनीले गत मंसिर ३ गतेदेखि मंसिर ७ गतेसम्म ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमा कम्पनीले माग गरेकाे भन्दा बढी आवेदन परेकाे थियाे ।

क्यापिटलकाे पछिल्लाे जानकारी अनुसार यस अवधिमा कुल ५ लाख ४१ हजार २६३ जना आवेदकले कम्पनीको ९४ लाख ९८ हजार ४ सय कित्ता सेयरको लागि आवदेन दिएका छन् । यससँगै उक्त सेयरमा ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

यससँगै ८१ हजार २७३ जनाले मात्र कम्पनीकाे आईपीओ हात पार्नेछन् । र, बाँकी ४ लाख ५९ हजार ९८९ जनाकाे भने हात खाली हुने भएकाे छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गरेकाे हाे ।

जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

One comment on "युनाईटेड इदी-मर्दीको आईपीओ आइतबार बाँडफाँड हुने, कति बजे ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.