नेको इन्स्योरेन्सको खुद बीमाशुल्क ४३ करोड २८ लाख, यस्ता छन् १५ महिनाका प्रमुख सुचक

  २०७७ मंसिर ११ गते ११:१०     नबिन पाेखरेल

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा नेको इन्स्योरेन्स कम्पनीले ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ७ करोड ५३ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षकै पहिलो त्रैमासमा कम्पनीको आम्दानी २० करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको आम्दानी १२ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

यस्तै, चालु आर्थिक वर्षमा कम्पनीको खर्च ७ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही समयमा कम्पनीको खर्च ५ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

हाल नेको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ छ । बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा कम्पनीको ८ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ हजार ४२ वाटा बीमालेख जारी गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६८ हजार ४ सय वटा मात्र बीमालेख जारी भएका थिए ।

आगामी योजना

नेपाली बजारमा रहेका बीमा कम्पनीहरुको बीमा व्यवसाय आगामी दिनमा चुनौतीपूर्ण देखिने कम्पनी व्यवस्थापनको ठहर छ ।

बीमा कम्पनीबीचको प्रतिस्पर्धा, सिमित बजार तथा पूनर्बीमकहरुबाट प्राप्त हुने कमिशन र अन्य सुविधामा कटौतिका कारण चुनौति थपिएको कम्पनीले बताएका छ । चुनौति सामना गर्न कम्पनीले आगामी दिनहरुमा पर्याप्त तालिमको व्यवस्था गरी जनशक्तिलाई दुरुस्त पार्ने जनाएको छ । यस्तै, संभावित क्षेत्रमा शाखा कार्यालयहरुको बिस्तार गर्ने तथा ग्राहकहरुसँग सुमधुर सम्बन्ध कायम राखी बीमा सेवा छिटो छरितो बनाउने योजना कम्पनीले बनाएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.