साल्ट ट्रेडिङ्गका सञ्चालक कीर्ति कुमार जोशीको निधन

  २०७७ मंसिर १० गते १९:१०     विकासन्युज

काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहँदै आएका सञ्चालक कीर्ति कुमार जोशीको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा मंसिर ९ गते कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो ।

उनले साल्ट ट्रेडिङ्ग कर्पाेरेसन अन्तर्गतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेका थिए ।
कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पाेरेसनका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गिय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.