सरकारले पर्यटक भिसाको व्यवस्था खुकुलो बनाउने

  २०७७ मंसिर १० गते १६:५२     विकासन्युज

काठमाडौं । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसा सम्बन्धि केही खुकुलो बनाउने भएको छ । भिसा प्रकृयामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउनेहरुका लागि केही खुकुलो बनाउने भएको हो ।

विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धि काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए । आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न पर्यटन क्षेत्रले ठूलो सहयोग रहने भएकाले बढी भन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने उनले बताए ।

अध्यागमन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ । अध्यागमन सम्बन्धि विद्यमान कानून परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानून संशोधन र एकीकरण गनए विधेयक ल्याएको हो । नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ । विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई पनि व्यवस्थित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.